काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी माघ ६ गते हुने निर्वाचनको लागि नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालमा अध्यक्षका आकांक्षी बढेका छन् ।
मञ्चको तर्फबाट अध्यक्ष राजेन्द्र भण्डारी, पूर्व अध्यक्ष नरेश गेलाल र पूर्व उपाध्यक्ष मुक्तिनाथ अधिकारी र पूर्वसचिव सुवर्ण श्रेष्ठले आकांक्षा देखाएको बताइएको छ ।
प्रथम उपाध्यक्षमा चैतन्य तुम्बाहाम्फे, शुक्र पाख्रिन, मञ्चका महासचिव जनक रावल, पूर्व महासचिवमा डिक बहादुर खत्री (कुमार) र गोविन्द कटुबालले चाहना राखेका छन् । खत्रीले प्रथम वा महासचिवमा मध्ये एकमा उठ्न चाहेको बताइएको छ ।
द्वितीय उपाध्यक्षमा राम कुमार राई, हरिष कुँवर, हरि ठाडामगर, दलवीर भण्डारी, सरिता घले, तृतीयमा राजेन्द्र अधिकारी, मिलन कट्टेल, सुशील केसी, मदन पौडेल, देउमान नेम्वाङ, सचिवमा सोम लामा, सञ्जु गुरूङ, डण्डपाणि भट्टराई (दिलिप), सुर्य डाँगी, रोशन कटुवाल, कोषाध्यक्षमा तेजमाया लिम्बू र धनमाया सिञ्जालीले चाहना राखेको बताइएको छ ।
यस्तै, सदस्य शिवहरि मैनाली (शित्तल), विनोद खनाल, दिपक आचार्य, रोहन पौडेल (जनक), सुकबहादुर गुरूङ, राजेन्द्र कुमार पराजुली, उमेश महतो, आङछिरिङ शेर्पा, हरि डाँगी, अनिल राई, आनन्द कुमार कोईराला, राजेन्द्र बस्नेत, ध्रुव रिजाल, अमृत विश्वकर्मा, विश्व मोहन प्रसाद आचार्य र तिर्थ राज काफ्लेलगायत आकांक्षी देखिएका छन् । तर निर्णय भने एक दुई दिनमा हुने बताइएको छ ।
पुस ५ अघिसम्म खासै रौनक नभएपनि संघीय सरकार गठनमा देखिएको नाटकीय परिवर्तनपछि मञ्चको आन्तरिक राजनीतिमा त्यसले उत्प्रेरित गरेको कारण संघमा मञ्चका तर्फबाट उम्मेदवार बन्न प्रतिस्पर्धा कसिलो बन्न थालेको बताइन्छ । गठबन्धनका माध्यमबाट संघमा उम्मेदवारी दिनुपर्ने बाध्यताले धेरैले इच्छ्याएको पदमा उम्मेदवारी दिन नसक्ने बताइएको छ ।