महामारीकाे बेला विदेशमा रहेका श्रमिकको समस्या टेलिफोनमार्फत सुन्दै एमआरसीअहिले कोरोना महामारीका कारण देशका अधिकांश जिल्लाहरूमा निषेधाज्ञा भएको छ । अत्यावश्यक बाहेक सरकारी कार्यालयहरू पनि बन्द छन् । तर यही अप्ठेरो अवस्थामा देशका विभिन्न जिल्लामा रहेका आप्रवासी स्रोत केन्द्रहरूले विदेशमा समस्यामा परेकाहरूको प्रश्न जिज्ञासा र समस्या फोनमार्फत सुन्ने र समस्या समाधानका लागि सहजीकरण गरिरहेका छन् । आप्रवासी स्रोत केन्द्र प्रदेश नम्बर १ मा भोजपुर, इलाम, झापा खोटाङ, मोरङ, पाँचथर, सुनसरी र उदयपुरमा सञ्चालनमा छ । यस्तै प्रदेश नम्बर २ मा धनुषा, बारा, पर्सा, महोत्तरी, रौतहट र सर्लाहीमा, बाग्मती प्रदेशमा चितवन, धादिङ, नुवाकोट, रामेछाप, सिन्धुलीमा, गण्डकी प्रदेशमा बागलुङ, गोरखा, स्याङ्जा, कास्की र तनहुँमा आप्रवासी स्रोत केन्द्रहरू छन् । यस्तै लुम्बिनी प्रदेशमा बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिममा, कर्णाली प्रदेशमा सल्यान र रोल्पामा र सुदूरपश्चिम प्रदेशमा कैलालीमा रहेका छन् । Read More |
वैदेशिक रोजगार वोर्डबाट पाइने छात्रवृत्तिवैदेशिक-रोजगार-वोर्डबाट-पाइने-छात्रवृत्ति . . . . . . . Read More |
वैदेशिक रोजगारीबाट फर्केका कामदारको लागि दिइने सीप विकास तालिम - तेस्रो ढाँचावैदेशिक रोजगारीबाट फर्केका कामदारको लागि दिइने सीप विकास तालिम - तेस्रो ढाँचा . . . . . . . Read More |
वैदेशिक रोजगारीबाट फर्केका कामदारको लागि दिइने सीप विकास तालिम - दोस्रो ढाँचावैदेशिक रोजगारीबाट फर्केका कामदारको लागि दिइने सीप विकास तालिम - दोस्रो ढाँचा . . . . . . . . Read More |
मेरो कथा मेरो भोगाई - यूएईमा काम जति नि छ, खोज्ने धैर्यता आफूसँग हुनुपर्छहुन त भिजिट भिसामा भनेर काम गर्न विदेश जानु ठीक होइन । यस्तो गर्नु कतिपय देशमा गैरकानुनी मानिन्छ । तर यूएईले यस्तो कुरालाई मान्यता दिएको छ । यहाँ भिजिटमा आएर आफै काम खोजेर गर्न सक्छु भन्नेले त्यसाे गर्न सक्छन् । मैले पनि त्यही गरेँ । म यूएई आउनुभन्दा पहिले नेपालमा पनि काम गर्थेँ । कमाइ पनि ठीकै थियो । पकेट खर्च र परिवार चलाउन सकिरहेको थिएँ । तर कहिलेकाहीँ ठूलै समस्या आइपर्दा भने साहुलाई गुहार्ने अवस्था आउँथ्यो । मसँगैका साथीहरु कोही विदेशमा कमाएर नेपाल फर्किसकेका थिए भने कोही विदेशमा कमाइरहेका थिए । मलाई पनि एकपटक विदेश पुगौं न त भन्ने लाग्यो । अरुको देखासिकी गरेरै भए पनि विदेश जाने रहर मनमा जाग्यो । नेपालमा जति कमाए पनि वचत गर्न सकिरहेको थिइनँ । विदेश गएपछि वचत होला भन्ने लागेर पनि विदेश जाने सोचेँ । त्यसपछि म हातमा पासपोर्ट बोकेर म्यानपावर धाउन थालेँ । अफिसमा काम गर्न मनले मानिरहेको थिएन । म्यानपावर जानको लागि समय मिलिरहेको थिएन । त्यसैमाथि म्यानपावरले धेरै पैसा माग्ने । कहीँकतै केही सीप लागेन । ३/४ महिना बितिसकेको थियो । अन्त्यमा भिजिट भिसामा जाने सोच आयो । म त्यतिबेला नेपालमा 'ट्राभल इन्डस्ट्री'मा नै काम गर्थेँ । त्यही भएर पनि भिसा निकाल्न मलाई कुनै गाह्रो भएन । Read More |
‘केही समय रोजगारीका लागि विदेश जाने या स्वदेश फर्कने योजना नबनाऔँ’विदेशका विभिन्न ८० भन्दा बढी देशहरूमा करिब ८० लाख नेपालीहरू रहेको गैरआवासीय नेपाली संघ एनआरएनएको अनुमान छ । एनआरएनएको स्वास्थ्य समितिलाई विभिन्न स्रोतबाट जानकारी भए अनुसार अहिलेसम्म विदेशका विभिन्न देशमा रहेका ८६ हजारभन्दा धेरै नेपाली सङ्क्रमित हुनुभएको पाएका छौँ । तर खुसीको खबर के छ भने अधिकांश नेपालीहरू निको हुनुभएको छ । लगभग ८३ हजार जना अहिलेसम्म निको हुनुभएको छ भने अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार भएको स्वास्थ्य समितिको अनुमान छ । केही समय अघिसम्म यो सङ्ख्या निकै कम थियो । तर पछिल्लो समय भारतमा रहेका नेपालीमा कोरोना सङ्क्रमण बढेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि बढेको छ । अहिलेसम्म नेपाल बाहिर रहेका ३७२ भन्दा बढी नेपाली नागरिकको कोरोनाकाे कारण ज्यान गएको छ । पछिल्लो समय भारतमा फैलिएको नयाँ भेरियन्टसहितको कोरोना महामारीको कारण पनि त्यहाँ रहेका थुप्रै नेपालीहरुमा सङ्क्रमण भइसकेको अवस्था छ । Read More |
इजरायल र प्यालेष्टाइनबीच तनाव : समस्या परे सम्पर्क गर्न र सुरक्षित रहन दूतावासको अनुरोधयति बेला इजरायलमा रहेका सबै नेपालीलाई त्रसित तुल्याए पनि यसबाट नआत्तिन र सम्भव भएसम्म सुरक्षाका उपायहरू खोजी गर्न पनि दूतावासले अनुरोध गरेको छ । साइरन बज्नासाथ घर भित्र हुनेले बङ्कर, भर्याङ्ग वा त्यस्तै सुरक्षित क्षेत्रमा जान सकिन्छ । तर रकेट प्रहार भएको जानकारी पाउनसाथ झ्याल नजिक नजान र यदि घरबाहिर बजार, सडक, फार्म वा अन्यत्र कतै भएमा नजिकैको बङ्करमा पुगिहाल्नपर्छ । यी कुराहरू उपलब्ध नभएमा आफू भएकै स्थानमा सुरक्षाका उपायहरू अपनाउन सकिन्छ । Read More |
श्रम स्वीकृति भयाे भएन हेर्ने तरिकाअनलाइन मार्फत श्रम स्वीकृति भयो कि भएन हेर्ने तरिका । How to check labour permit online? Read More |
कोरोना महामारी : यस्तो छ खाडी र मलेसियाको खबरबिस्तारै कोरोनाविरुद्धका खोपहरु आए । मानिसहरुमा केही आशाका किरण जागे । लामो समयसम्म लकडाउन भोगिरहेका देशहरुले लकडाउनलाई आफूअनुकूल खुकुलो पार्दै लगे । मानिसको जीवनशैली एक प्रकारले सामान्य हुँदै गयो । तर पछिल्लो समय युरोपेली देशबाट सुरु भएको कोरोनाको नयाँ प्रकार (भेरियन्ट)ले सामान्य अवस्थामा फर्केको कोरोना कहरलाई फेरि ब्युँताइदियो । यसले नेपालीहरुको वैदेशिक रोजगारीको गन्तव्य देश विशेष गरी मलेसिया र खाडीका देशमा पनि असर गरेको छ । त्यहाँ कार्यरत लाखौँ नेपाली श्रमिकहरु यसबाट प्रभावित भएका छन् । ती देशहरुले आफ्ना नयाँ रणनीतिहरु तथा स्वास्थ्यका मापदण्डहरु अघि सारेका छन् । कति देशले उडान बन्द गरेका छन् भने कतिपय देशमा पहिलेजस्तै कम्पनी बन्द छन् । श्रमिक कोठाभित्र थन्किएका छन् । समग्रमा यी देशहरुको पछिल्लो अवस्था यस्ताे छ : Read More |
चैतमा मात्रै ३२ हजार बढी नेपाली गए वैदेशिक रोजगारीमा३० हजार ३५ पुरुष र दुई हजार १ सय ७ महिला गरि ३२ हजार एक सय ४२ नेपाली श्रमिक वैदेशिक रोजगारीमा गएको विभागले जनाएको छ । यो नेपाल सरकारले श्रमको लागि खुल्ला गरेकामध्ये ७३ देशमा जानेहरुको संख्या हो । Read More |