कसरी हुँदैछ श्रम मन्त्रालयको पुनर्संरचना ?श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले अपेक्षित परिणामका लागि मन्त्रालयअन्तर्गतका निकायहरुको पुनर्संरचना शुरु गरिएको बताएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम, वैदेशिक रोजगार बोर्ड तथा विभिन्न महाशाखाहरुले अपेक्षित परिणाम दिन नसकेको महसुस गरी पुनर्संरचनाका आधारमा अघि बढाउन विभिन्न समिति गठन गरेर काम शुरुवात गरिएको बताए । Read More |
क्रोएसिया पठाउने भन्दै ठग्ने तीन पक्राउवैदेशिक रोजगारीमा क्रोएसियासहित विभिन्न मुलुकमा पठाइदिने भन्दै करिब ७ लाख रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । Read More |
एकता समितिद्वारा नयाँ महानिर्देशकसँग छलफलनेपाल वैदेशिक रोजगार व्यवसायी एकता समिति सामाखुसीले वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीसँग वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्या समाधानका विषयमा छलफल गरेको छ । Read More |
श्रमिकको हकहितलाई गन्तव्य मुलुकले ध्यान दिनुपर्छ : श्रममन्त्री भण्डारीश्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नीति निर्माण गर्दा भुइँमान्छेको विषयलाई ध्यान दिनुपर्ने बताएका छन् । नेपालले द्विपक्षीय श्रम समझदारी गर्दा नेपालको न्यूनतम मापदण्ड निर्माण गर्ने सम्बन्धमा आयोजना भएको छलफलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै श्रममन्त्री भण्डारीले सो कुरा बताएका हुन् । Read More |
‘रोजगारी नभएसम्म खाडी जाने लाइन राकिँदैन’नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले युवा पलायन रोक्न सरकारले आकर्षक र रोजगारमूलक कार्यक्रम ल्याउन जरुरी रहेको बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा फोर एच नेपालले मंगलबार आयोजना गरेको ‘अन्तरपुस्ता संवाद’ कार्यक्रममा उनले पढे लेखेका र बाध्यताले रोजगारीका लागि खाडी मुलुक जाने युवालाई रोक्न स्वदेशमै रोजगारीको अवसर सिर्जना गरिनुपर्नेमा जोड दिए । Read More |
सेप्टेम्बरदेखि मलेसियामा नयाँ कामदारको एप्रुभल खुल्दै, बंगलादेश संकटले नेपाललाई मौकामलेसियाले आगामी सेप्टेम्बरदेखि विदेशी कामदारको नयाँ एप्रुभल खुला गर्ने भएको छ । विदेशी कामदारको कोटा पूरा भएको भन्दै मलेसियाले गत मे ३१ तारिकदेखि विदेशी कामदार ल्याउन रोक लगाएको थियो । तर आगामी सेप्टेम्बरदेखि खुला गर्ने तयारी पूरा भएको बताइएको छ । Read More |
पोर्चुगलमा सञ्चालित घुम्ती शिविरबाट सात करोड राजस्व संकलनविद्युतीय राहदानी (इ–पासपोर्ट) बनाउन पोर्चुगलबाट तीन हजार आठ सय २९ नेपालीको जैविक विवरणसहितको आवेदन संकलन गरिएको छ । Read More |
राहदानी बनाउन पोर्चुगलबाट ३८ सय बढीको आवेदन, ७ करोड २० लाख राजस्व संकलनविद्युतीय राहदानी (ई–पासपोर्ट) बनाउनका लागि पोर्चुगलबाट ३८ सय बढी नेपालीको जैविक विवरणसहितको आवेदन संकलन गरिएको छ । Read More |
पोर्चुगलमा राहदानी बनाउन नेपालीको घुइँचोपोर्चुगलको राजधानी लिस्बनमा सञ्चालित राहदानीसम्बन्धी ‘घुम्ती शिविर’मा राहदानी बनाउने सेवाग्राही नेपालीको घुइँचो लागेको छ । Read More |
जापानमा बिल्डिङ मेन्टिनेन्स क्षेत्रमा पनि नेपालीलाई अवसरजापानमा भवन व्यवस्थापन (बिल्डिङ मेन्टिनेन्स)का क्षेत्रमा नेपाली कामदार जान पाउने भएका छन् । जापानको भवन मर्मत संघ (जेबीएमए)का प्रतिनिधिले शुक्रबार वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेसँग यसबारे छलफल गरेको थियो । सोअवसरमा भवन सरसफाइ तथा व्यवस्थापन क्षेत्रमा कामदार लैजाने विषयमा छलफल भएको हो । नेपाल र जापानबीच भएको विशेष दक्ष कामदार (एसएसडब्ल्यू) सम्बन्धी सम्झौताअनुसार बिल्डिङ मेन्टिनेन्सका क्षेत्रमा पनि नेपाली कामदार जानसक्ने भएका हुन् । यो नेपालीका लागि नयाँ क्षेत्र भएको बताइएको छ । Read More |