गल्फ कोअपरेशन काउन्सिल (जीसीसी) अन्तर्गतका मुलुकहरुले युरोपेली मुलुकहरुले लागू गरेको सेन्जेन भिसाजस्तै खाडी क्षेत्रका लागि संयुक्त भिसा प्रणाली लागू गर्ने भएका छन् । जीसीसीअन्तर्गत साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन, कुवेत, ओमान र कतार रहेका छन् ।

ठूलो संख्यामा विदेशी पर्यटक आकर्षित गर्ने उद्देश्यले ‘ग्रान्ड टुर्स भिसा’ शुरु गर्ने तयारी गरेको उनीहरुले बताएका छन् । हाल युरोपेली संघको सेन्जेन भिसाजस्तै उक्त एकीकृत भिसाले खाडीका सबै मुलुक भ्रमण गर्न पाइने छ । एक महिने अवधिको रहने उक्त भिसा आप्रवासी कामदारले पनि भ्रमण गर्न र छुट्टी मनाउन पाउनेछन् ।
यसले पर्यटन उद्योगलाई उल्लेखनीय महत्व दिने र होटल पर्यटकहरुको आगमनमा वृद्धि गर्ने अपेक्षा गरिएको यूएईका अर्थमन्त्री अब्दुल्ला बिन तौक अल मारीले बताएका छन् । उनले अन्ततः क्षेत्रीय र अन्तर्राष्ट्रिय दुवै पर्यटकहरुका लागि प्रमुख गन्तव्यको रुपमा खाडी मुलुकहरु स्थापित हुने पनि बताएका छन् । ग्रान्ड टुर्स भिसा सन् २०२४ को अन्त्यसम्म कार्यान्वयनमा आउने बताइएको छ ।
यूएईका अधिकारीहरुले एकीकृत जीसीसी पर्यटक भिसाले सन् २०३० सम्ममा १२८.७ मिलियन पर्यटक आउने जीसीसी मुलुकहरुको संयुक्त आंकलन रहेको बताइएको छ । उक्त भिसाले व्यापार र सांस्कृतिक आदानप्रदानका लागि खाडी क्षेत्रमा अवसरहरु सिर्जना गर्ने आंकलन गरिएको छ ।