काठमाडौं : ओमानस्थित नेपाली दूतावासले जेठ १८ गतेदेखि पुनः श्रम स्वीकृति दिने भएको छ । आगामी जुन १ तारिकदेखि दैनिक १५ जनालाई पुनः श्रम स्वीकृति प्रदान गर्ने भन्दै दूतावासले पुनः श्रम स्वीकृति लिनका लागि शुरूमा अनलाइन आवेदन गर्न सुझाव दिएको छ ।
दूतावासले प्रक्रिया पुर्याएका निवेदनमा श्रम स्वीकृतिको निस्सा पनि अनलाइनमार्फत प्राप्त गर्न सकिने दूतावासले जनाएको छ ।