चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा करिब साढे पाँच लाख नेपाली वैदेशिक रोजगारीमा गएका छन् । यस अवधिमा ५ लाख ४२ हजार १ सय ४३ जना वैदेशिक रोजगारीमा गएकोमा नयाँ ३ लाख २९ हजार ४ सय २२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १२ हजार ७२१ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा उक्त संख्या क्रमशः ३ लाख ८७ हजार ८ सय ३९ र २ लाख १७ हजार ९ सय ५९ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा वैदेशिक रोजगारीमा रहेका नेपालीले १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स पठाएका छन् । जुन गत आर्थिक वर्षको तुलनामा करिब २० प्रतिशतले धेरै हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४ दशमलव २ प्रतिशतले बढेको थियो ।
चालु आर्थिक वर्षको चैत महिनामा मात्रै १ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । फागुनमा पनि १ खर्ब २२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।