वैदेशिक रोजगारमा लैजाने भनी ठगी गरेको अभियोगमा तीन जना पक्राउवैदेशिक रोजगारमा लैजाने भनी ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिरुवा गाउँपालिका-१ स्याङ्जा घर भई काठमाडौँ महानगरपालिका-३१ बानेश्वर बस्ने ५० वर्षीया कमला कुमारी केसी, बडिगाड गाउँपालिका-९ बाग्लुङ घर भई भक्तपुर सुर्यविनायक नगरपालिका-२ बालकोट बस्ने २२ वर्षीया सीता बुढा र मेचीनगर नगरपालिका-१० झापा घर भई कामपा-२६ नयाँ बसपार्क बस्ने २६ वर्षीय मनिश खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । Read More |
व्यवसायीले सार्वजनिक गरे खाडी जाँदा लाग्ने कामदारको न्यूनतम लागत, एक लाख ३२ हजार ७ सय ५४ रूपैयाँ लागत खर्चनेपाल वैदेशिक रोजगार व्यवसायी संघले रोजगारी र रेमिट्यान्सका लागि महत्वपूर्ण रहेको वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्याहरू तत्काल समाधानका लागि सरकारको ध्यानाकर्षण गराएको छ । Read More |
क्रोएसिया र युके पठाउने भन्दै ठग्ने तीन पक्राउवैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले स्याङ्जाको बिरूवा गाउँपालिका–१ घर भइ काठमाडौं महानगरपालिका–३१ बानेश्वर बस्ने ५० वर्षीया कमला कुमारी केसी, बडिगाड गाउँपालिका–९ बाग्लुङ घर भइ भक्तपुर सुर्यविनायक नगरपालिका–२ बालकोट बस्ने २२ वर्षीया सीता बुढा र मेचीनगर नगरपालिका–१० झापा घर भइ काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्क बस्ने २६ वर्षीय मनिष खड्कालाई पक्राउ गरेको हो । Read More |
कतारमा विशेष राहदानी नवीकरण कार्यक्रममार्फत २५० जना श्रमिकले लिए लाभपछिल्लो तीन साल, दुई साल र एक सालदेखि म्याद सकिएको पासपोर्ट बोकेर कतारमा नेपाली बसिरहेका छन् भन्दा पत्याउन गाह्रो हुन्छ । तर यो वास्तवमै सत्य रहेको नेपाली राजदूतावास कतारले शुक्रबार सञ्चालन गरेको विशेष राहदानी नवीकरण कार्यक्रममार्फत उजागर भएको छ । आफ्नो पासपोर्टको म्याद सकिएर अप्ठेरोमा परेका र कतारी आइडी नवीकरणमा समस्या परेका श्रमिकका लागि नेपाली राजदूतावास आफैंले पासपोर्टको फाराम भरिदिने क्रममा यस्ता समस्याहरू देखिएका हुन् । Read More |
मागपत्रमा दूतावासको तजबिजीविरुद्व व्यवसायी परराष्ट्रमन्त्रीको ढोकामायूएईस्थित नेपाली दूतावासको मागपत्र प्रमाणीकरणको तजबिजी प्रवृत्तिले समस्या सिर्जना गरेको व्यवसायीको गुनासो बढेको छ । नेपाली कामदारको प्रमुख रोजगार गन्तव्यमध्ये मलेसियामा कामदार पठाउने क्रम रोकिएको छ भने विश्वकप फुटबलपछि सुस्ताएको अर्को प्रमुख गन्तव्य कतारको रोजगारीले गति लिन सकेको छैन । Read More |
भिजिट भिसामा अध्यागमन विभागको कडाइ, दैनिक दर्जनौं एयरपोर्टबाट फर्काइँदैत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागले कडाइ गर्न थालेसँगै अहिले भिजिट भिसामा जाने व्याक्तिहरु विमानस्थलबाट फर्किने क्रम बढ्न थालेको छ । केही समय अगाडिसम्म दैनिकजसो १२ देखि २० जनासम्म विभिन्न कारणबाट भिजिट भिसामा जानेहरु फर्किने गरेकोमा विगत केही दिनदेखि अध्यागमनले कागजपत्रको चेकजाच थालेसँगै ठूलो संख्यामा विमानस्थलबाट फर्किने गरेको स्रोतको दाबी छ । Read More |
एनआरएनए अल कासिमद्वारा साउदीबाट ३० नेपाली फिर्ता, सप्लाईमा कामदार नपठाउन आग्रहगैरआवसीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समन्वय समिति अल कासिम, साउदी अरवले समस्यामा परेका ३० जना नेपाली श्रमिकलाई एक्जिट भिसा दिलाएर नेपाल फिर्ता पठाउन सफल भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षअघि सगरमाथा मेनपावर, यात्रा, ओम ओभर्सिज र प्रतिज्ञा कन्सल्टेन्सीमार्फत साउदी आएका ६० जनामध्ये ३० जना श्रमिकलाई सफलतापूर्वक फिर्ता पठाइएको एनआरएनए अल कसिमले जनाएको छ । Read More |
मलेसियामा क्षयरोगबाट ग्रस्त एक कामदार दूतावासमा शरणपछि नेपाल फिर्तावैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत रहँदा क्षयरोग लागेर बिरामी परेका एक कामदार नेपाली दूतवास मलेसियाको सहयोगमा स्वदेश फर्किएका छन् । नेपालबाट आएको कम्पनी छाडेर अवैधानिकरुपमा बसोबास गरी काम गरिरहेका पीडित शंकर थापामा क्षयरोगको लक्षण देखापरेको थियो । Read More |
मेक्सिकोमा आप्रवासी सावार गाडीमा गोली चलाइँदा ६ जनाको मृत्युनेपालीहरू समेत रहेको आप्रवासीहरूको एक समूहमाथि मेक्सिकोको दक्षिणी भागमा सेनाले गोली चलाएको छ । बीबीसीका अनुसार यात्रा गरिरहेका ३३ जनाको समूह बोकेको एउटा गाडीमा मेक्सिकोको सेनाले गोली चलाउँदा ६ जना आप्रवासीको मृत्यु भएको छ । Read More |
कसरी हुँदैछ श्रम मन्त्रालयको पुनर्संरचना ?श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले अपेक्षित परिणामका लागि मन्त्रालयअन्तर्गतका निकायहरुको पुनर्संरचना शुरु गरिएको बताएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम, वैदेशिक रोजगार बोर्ड तथा विभिन्न महाशाखाहरुले अपेक्षित परिणाम दिन नसकेको महसुस गरी पुनर्संरचनाका आधारमा अघि बढाउन विभिन्न समिति गठन गरेर काम शुरुवात गरिएको बताए । Read More |