Menu
Close
    • Sign Up
    • Login
      • Login for Manpower
      • Registration for Manpower
  • Home
  • Jobs
  • Articles
  • News
  • Sign Up
  • Login
    • Login for Manpower
    • Registration for Manpower
  • Home
  • Jobs
  • Articles
  • News

महामारीकाे बेला विदेशमा रहेका श्रमिकको समस्या टेलिफोनमार्फत सुन्दै एमआरसी

  • May 24, 2021
  • Source: ujyaaloonline

 

महामारीकाे बेला विदेशमा रहेका श्रमिकको समस्या टेलिफोनमार्फत सुन्दै एमआरसी

काठमाण्डौ – कोरोना महामारीका कारण उडानहरू बन्द हुँदा तपाईँलाई समस्या परेको छ ? या वैदेशिक रोजगारी सम्बन्धी अरू कुनै प्रश्न र जिज्ञासा छन् । यदि छन् भने तपाईँले अब आफ्नै जिल्लामा रहेका आप्रवासी स्रोत केन्द्रहरूमा फोन गरेर आफ्नो समस्या, प्रश्न र जिज्ञासा राख्न सक्नुहुन्छ । 

अहिले कोरोना महामारीका कारण देशका अधिकांश जिल्लाहरूमा निषेधाज्ञा भएको छ । अत्यावश्यक बाहेक सरकारी कार्यालयहरू पनि बन्द छन् । तर यही अप्ठेरो अवस्थामा देशका विभिन्न जिल्लामा रहेका आप्रवासी स्रोत केन्द्रहरूले विदेशमा समस्यामा परेकाहरूको प्रश्न जिज्ञासा र समस्या फोनमार्फत सुन्ने र समस्या समाधानका लागि सहजीकरण गरिरहेका छन् । 

आप्रवासी स्रोत केन्द्र प्रदेश नम्बर १ मा भोजपुर, इलाम, झापा खोटाङ, मोरङ, पाँचथर, सुनसरी र उदयपुरमा सञ्चालनमा छ । 

यस्तै प्रदेश नम्बर २ मा धनुषा, बारा, पर्सा, महोत्तरी, रौतहट र सर्लाहीमा, बाग्मती प्रदेशमा चितवन, धादिङ, नुवाकोट, रामेछाप, सिन्धुलीमा, गण्डकी प्रदेशमा बागलुङ, गोरखा, स्याङ्जा, कास्की र तनहुँमा आप्रवासी स्रोत केन्द्रहरू छन् । यस्तै लुम्बिनी प्रदेशमा बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिममा, कर्णाली प्रदेशमा सल्यान र रोल्पामा र सुदूरपश्चिम प्रदेशमा कैलालीमा रहेका छन् ।

यी जिल्लाबाट वैदेशिक रोजगारीमा जानुभएका तपाईँले आफ्नो परिवारका सदस्य या आफैँले पनि फोनमार्फत यो अप्ठेरो परिस्थितिमा पनि सहयोग माग्न सक्नुहुन्छ । आप्रवासी स्रोत केन्द्रले तपाईँको समस्या अनुसार सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गर्नेछन् । 

हेर्नुहोस् स्रोत केन्द्रको नम्बरहरू



यस्तै स्रोत केन्द्रहरू सञ्चालनमा नभएका जिल्लाका व्यक्तिहरूले वैदेशिक रोजगार बोर्डमा रहेको श्रम कल सेन्टरमा फोन गरेर पनि आफ्नो समस्या राख्न सक्नुहुन्छ । 

कल सेन्टरमा निःशुल्क नेपाल टेलिकमका नम्बरहरूबाट ११४१ नम्बरमा अथवा १६६०००१५०००५ मा र विदेशबाट सः शुल्क ९७७ १५९७००८ नम्बरमा र भाइवरमार्फत ९७७९८०१८०००१३ नम्बरमा फोन गर्न सकिन्छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले महामारीको समयमा विदेशमा समस्यामा पर्ने श्रमिकको समस्या सुन्न र त्यसको समाधान गर्नका लागि छुट्टै संयन्त्र पनि बनाएको छ । जसले श्रमिकको समस्या सुन्ने र उद्धारको काम पनि गर्छ । तपाईँका समस्या भने यो संयन्त्रसम्म कल सेन्टरले नै पुर्याउने मन्त्रालयले जनाएको छ ।




  Prev

Bideshijobs.com is a concept developed to minimized the problem related with foreign jobs for Nepalese. We are the information distributer regarding the foreign employment. We collect the DoFE approved demand and relay these demand to the people of Nepal in a single place through our system... Read More

Quick Links

Search Jobs Top Job Destination Job vancancy By Industry Job vancancy by Category Top Companies Terms & Conditions Privacy & Policy

Important Links

Search Demands in DoFE Verify Demand Manpower List DoFE Nepal NAFEA

Contact Detail

Dhapasi-7, Basundhara, Kathmandu, Nepal info@bideshijobs.com Facebook Youtube
© 2025 Bideshi Jobs. All rights reserved.

Restore your forgotten password

Enter your e-mail address below, and we'll send you an e-mail allowing you to reset it.


Please contact us if you have any trouble resetting your password.

Verifying Your Request

Please wait...

Password Reset

We have sent you an e-mail. Please contact us if you do not receive it within a few minutes.

User Login As Candidate / उम्मेदवार

Candidate

Forgot Password?

Don't have account? Sign Up Now

Forgot Password?

Don't have account? Sign Up Now

Sign Up As Candidate / उम्मेदवार

Candidate / उम्मेदवार
  • * यो नेपाली नागरिकहरूका लागि मात्र हो। Only for Nepali Citizen.
  • * सबै जानकारी, ईमेल बाहेक आवश्यक छ। Except Email, all are mandatory.
तपाईं कम्तिमा ५ देशहरू छनौट गर्न सक्नुहुन्छ ।
कामहरू अलग गर्न ',' प्रयोग गर्नुहोस्। उदाहरण: Mason, Salesman, Security Guard

By clicking on 'Create Jobseeker Account' below you are agreeing to the terms and privacy of bideshijobs!


Already have an account! Sign In

By clicking on 'Create Recruiter Account' below you are agreeing to the terms and privacy of bideshijobs!


Already have an account! Sign In