काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशाेसिएसन प्यानलका अध्यक्षका उम्मेदवार भुवनसिंह गुरुङ विजयी भएका छन् । गुरुङ म्यानेजमेन्ट प्रा.लि.का संचालक गुरूङ संघको पूर्व द्वितीय उपाध्यक्ष भईसकेका व्यवसायी हुन् ।
अध्यक्षमा विजयी गुरूङले संघलाई निश्चित समूहको स्वार्थ पूर्तिको माध्यम बन्नबाट रोकेर आम व्यवसायीको हकहितमा लगाउने प्रतिक्रिया दिए।
लोकतान्त्रिक एसोसिएसन र वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चसँग तालमेलका आधारमा बनेको प्यानलबाट अध्यक्ष गुरूङले ४२८ मत पाउँदा उनका प्रतिश्पर्धी प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लाेकतान्त्रिक वैदेशिक राेजगार व्यवसायी एशोसिएशनको एक पक्ष र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन बीच तालमेलमा संयुक्त व्यवसायी समूहका अध्यक्षका उम्मेदवार नरेश गेलालले ६१ मत कम ३६७ मत प्राप्त गरे ।
गेलाल संघका पूर्व महासचिव तथा मञ्चका पूर्वअध्यक्ष हुन् । प्रथम उपाध्यक्षमा गेलाल प्यानलका सुजित कुमार श्रेष्ठ विजयी भए । उनी संघका पूर्व महासचिव हुन् ।
विजयी श्रेष्ठले ३७५ मत प्राप्त गर्दा गुरूङ प्यानलका प्रथम उपाध्यक्षमा उम्मेदवार नोकरी नेपाल प्रा. लि.का संचालक नरेन्द्रप्रसाद ढकालले ७३ मत कम ३०२ मत प्राप्त गरे । साे पदमा प्रतिश्पर्धा गरेका अख्तर हुसेनले १०१ मत प्राप्त गरे।
द्वितीय उपाध्यक्षमा गुरूङ प्यानलका अलर्ट ओभरसिज प्रा. लि.का संचालक देवकुमार खोखाली४०२ मत प्राप्त गरि विजयी भएका छन् भने उनका प्रतिद्वन्दी गेलाल प्यानलका मधुकर रिजालले ३७८ मत प्राप्त गरे ।
तृतीय उपाध्यक्षमा गेलाल प्यानलका बैकुण्ठ पाैडेल वैभवले ४३५ मत ल्याई विजयी भए ।पराजित इम्प्लोइमेन्ट क्रियसन सर्भिस प्रा. लि.का संचालक हर्कबहादुर लिम्बूले ३५० मत प्राप्त गरे । महासचिवमा गुरूङ प्यानलका उम्मेदवार ग्लोबल राइजिङ प्लेसमेन्ट प्रा. लि.का संचालक महेशकुमार बस्नेत ४२३ मत ल्याई विजयी भए। प्रतिद्वन्दी गेलाल प्यानलका कर्णराज कटुवालले ३६२ मत प्राप्त गरे।
आकृति रिक्रुटिङ प्रा. लि.का संचालक गुरूङ प्यानलका कुन्छा दोर्जे दिमदोङ ३७४ मत ल्याई सचिवमा विजयी भए। पराजित गेलाल प्यानलका उम्मेदवार अनिल बाेगटीले ३११ र स्वतन्त्र उम्मेदवार ईश्वर सापकोटाले ९३ मत पाए। कोषाध्यक्षमा विजयी गेलाल प्यानलका धनुसिंजालीले ४२८ पाइन् भने पराजित गुरूङ समूहका उम्मेद्वार शुभ हारती म्यानपावर प्रा लि का सञ्चालक बिक्रम श्रेष्ठ ३५७ मत प्राप्त गरे। यस्तै कार्यसमिति सदस्य पदमा रिजा ओभरसिज प्रा. लि.की संचालिका रेखा शर्माले ४४७, इगल मेनपावर कन्सल्टेन्ट प्रा लिका सञ्चालक कृष्ण ढकालले ४४२, युनिभर्सल एच.आर. सोलुसन प्रा. लि.का संचालक भरत सापकोटाले ४३५, राज ग्रुप अफ कम्पनीका सञ्चालक राज लामा तामाङले ४२७, रसुवा ओभरसिज प्रा. लि.का संचालक सुवर्ण लामाले ४०९, विनर एचआर शोलुशन प्रा लि की सञ्चालक हिमा गुरूङले ३४९, रियो ओभरसिज प्रा लि की सञ्चालक रमा खड्काले ३८८, हिमालयन भ्याली नेपाल प्रा. लि.का संचालक देवीप्रसाद गिरीले ३७७, इम्पेरियल ओभरसिज प्रा. लि.की संचालक विद्यालक्ष्मी बज्राचार्य ३५३ र सेक्युर नेपाल जब प्रा. लि.का संचालक सुमनराज पाण्डेले ३४३ मत प्राप्त गरि बिजयी भए ।
सदस्यमा पराजित उम्मेद्वारहरुमा ग्रोथ प्रोसेस इन्टरनेसनल इप्लोइमेन्ट प्रा. लि.का संचालक राजेन्द्र बस्नेतले ३४१, माउन्टेन ग्रुप प्रा. लि.का संचालक देउमान नेम्बाङले ३३५, सिल्भर कर्नर ओभरसिज प्रा. लि.का संचालक कैलाश पाठक ३२२, उज्यालो ओभरसिज प्रा. लि.का संचालक चन्द्र लिम्बूले ३०८, सिगल ओभरसिज प्रा. लि.का संचालक छत्र बस्नेतले २९४, ब्रदर इन्टरनेसनल इम्प्लोइमेन्ट प्रा. लि.का संचालक दीपककुमार रायले २७०, आयुश ओभरसिज प्रा. लि.का संचालक कामेश्वर साह राहुलले २५०, गल्फ एसिया म्यानपावर प्रा. लि.का संचालक राजेश यादवले २४१, गल्फ इम्पायर ओभरसिज प्रा. लि.का संचालक दिनेश बस्नेत २३४ र डेस्टिनी ह्युमन रिसोर्स प्रा. लि.का संचालक युवराज देवकोटाले २२७ मत प्राप्त गरेका थिए ।