Menu
Close
    • Sign Up
    • Login
      • Login for Manpower
      • Registration for Manpower
  • Home
  • Jobs
  • Articles
  • News
  • Sign Up
  • Login
    • Login for Manpower
    • Registration for Manpower
  • Home
  • Jobs
  • Articles
  • News

कतार र मलेसियाबाट आउने रोजगारीको अवसर खुम्चिँदै, किन घट्यो नयाँ कामदारको माग ?

  • April 23, 2023
  • Source: Madhyan Daily

 

कतार र मलेसियाबाट आउने रोजगारीको अवसर खुम्चिँदै, किन घट्यो नयाँ कामदारको माग ?

काठमाडौं : केहि समय यता बैदेशिक रोजगारका लागि आउने नयॉ माग घट्दो अवस्थामा देखिएको छ । यसरी नयॉ मागहरु किन घट्यो भन्ने प्रश्न संवन्धित क्षेत्रहरुमासमेत उठ्न थालेको छ । वैदेशिक रोजगारीमा फागुन महिनामा जाने नेपालीको संख्या र चैत महिनामा जानेको संख्या हाराहारीमा देखिएको छ । फागुन महिनामा संस्थागत, व्यक्तिगत, जी टु जी प्रक्रिया र पुनः श्रम स्वीकृतिबाट ६१ हजार ४ सय ४५ जना वैदेशिक रोजगारीमा गएकोमा चैत महिनामा उक्त संख्या ३३ जनाले बढी ६१ हजार ४ सय ७८ रहेको छ । 

 

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत चैत महिनामा ५६ हजार ३ सय ४३ जना पुरुष र ५ हजार १ सय ३५ महिलाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । विभागका अनुसार चैत महिनामा संस्थागत अर्थात म्यानपावर कम्पनीमार्फत सबैभन्दा बढी मलेसियामा १२ हजार १ सय १३, साउदी अरेबियामा ६ हजार ९०, यूएईमा ३ हजार ९ सय ८३ जना गएका छन् । 

 

तर कतारको रोजगारीमा भने अस्वभाविकरूपमा कमी आएको छ । विश्वकप फुटबल अघि मासिक १२ देखि १५ हजारको हाराहारीमा नेपाली कामदार जाने गरेको कतारमा चैत महिनामा जम्मा १ हजार ९ सय ५७ जना गएका छन् । कतारमा विश्वकप फुटबलपछि अर्थतन्त्र सुस्ताएको कारणले विदेशी कामदारको माग अनपेक्षितरूपमा घटेको वैदेशिक रोजगार व्यवसायीहरू बताउँछन् । 

 

पुनः श्रम स्वीकृतिका माध्यमबाट कतार जानेको संख्या भने ८ हजार ७ सय ५२ जना रहेको छ । यसले पुरानो काम यथावत भएपनि कतारमा नयाँ रोजगारीको विस्तार हुन नसकेको देखाउँछ । 

 

मलेसिया जाने कामदारको संख्यामा पनि फागुनको तुलनामा चैतमा करिब ४ हजारले कमी आएको देखिएको छ । फागुनमा १६ हजार ७ जना मलेसिया गएकोमा चैतमा १२ हजार १ सय १३ जना मात्रै गएका छन् । मलेसिया सरकारले यसअघि जारी भएका एप्रुभलअनुसार कामदार नआएको भन्दै नयाँ एप्रुभल जारी गरेको छैन । 

 

चैत महिनामा कुवेतमा १ हजार ६ सय ६९, रोमानियामा ८ सय ७१, ओमानमा १ सय ५२, उजवेकिस्तानमा १ सय, जोर्डनमा १४, जापानमा ६६, इजरायलमा १६, साइप्रसमा ३ सय ६१, क्रोएसियामा १ सय २२, बहराइनमा २ सय ९९, ब्रुनाईमा २१, अल्बानियामा ११, हङकङमा एक जना, माल्दिभ्समा ३, मरिससमा २ र बेलायतमा ४ जना गरी संस्थागतरूपमा २७ हजार ८ सय ५५ जना वैदेशिक रोजगारमा गएका छन् ।

 

व्यक्तिगत पहलमा वैदेशिक रोजगारमा जाने नयाँ कामदारको संख्या चैतमा ५ हजार ९ सय ४८ छ । वैदेशिक रोजगार विभागमा दर्ता रहेकामध्ये चैतमा ७ सय १९ वटा म्यानपावर कम्पनीले कामदार पठाउन श्रम स्वीकृति लिएका छन् ।

 

सरकारी प्रक्रियामार्फत दक्षिण कोरिया जान चैतमा २ हजार २ सय ७५ जनाले श्रम स्वीकृति लिएका छन् । 

 

यसअघिका महिनामा जस्तै चैतमा पनि सबैभन्दा धेरै धनुषा जिल्लाबाट नै वैदेशिक रोजगारीमा गएका छन् । चैतमा धनुषाका ३ हजार ६ सय ८१, दोस्रो बढी जाने जिल्लाका रूपमा रहेकोे झापाका २ हजार ८ सय २३, तेस्रोमा रहेको सिरहाबाट २ हजार ५ सय ९२ जना वैदेशिक रोजगारमा गएका छन् । सूचीको चाथौ नम्बरमा रहेको महोत्तरीबाट २ हजार ४ सय ७१,  पाँचौं नम्बरमा रहेकोे मोरङबाट २ हजार ४ सय १२, छैटौं स्थानमा रहेकोे रुपन्देहीबाट १ हजार ९ सय ३३, सातौं स्थामा रहेकोे सर्लाहीबाट १ हजार ८ सय ६९, आठौं स्थानको सुनसरीबाट १ हजार ६ सय ६, नवौं स्थानको सप्तरीबाट १ हजार ५ सय ८१ र दशौं स्थानकोे  नवलपरासी पूर्वबाट १ हजार १ सय ११ जनाले श्रम स्वीकृति लिएका छन् ।

  Prev
Next

Bideshijobs.com is a concept developed to minimized the problem related with foreign jobs for Nepalese. We are the information distributer regarding the foreign employment. We collect the DoFE approved demand and relay these demand to the people of Nepal in a single place through our system... Read More

Quick Links

Search Jobs Top Job Destination Job vancancy By Industry Job vancancy by Category Top Companies Terms & Conditions Privacy & Policy

Important Links

Search Demands in DoFE Verify Demand Manpower List DoFE Nepal NAFEA

Contact Detail

Dhapasi-7, Basundhara, Kathmandu, Nepal info@bideshijobs.com Facebook Youtube
© 2025 Bideshi Jobs. All rights reserved.

Restore your forgotten password

Enter your e-mail address below, and we'll send you an e-mail allowing you to reset it.


Please contact us if you have any trouble resetting your password.

Verifying Your Request

Please wait...

Password Reset

We have sent you an e-mail. Please contact us if you do not receive it within a few minutes.

User Login As Candidate / उम्मेदवार

Candidate

Forgot Password?

Don't have account? Sign Up Now

Forgot Password?

Don't have account? Sign Up Now

Sign Up As Candidate / उम्मेदवार

Candidate / उम्मेदवार
  • * यो नेपाली नागरिकहरूका लागि मात्र हो। Only for Nepali Citizen.
  • * सबै जानकारी, ईमेल बाहेक आवश्यक छ। Except Email, all are mandatory.
तपाईं कम्तिमा ५ देशहरू छनौट गर्न सक्नुहुन्छ ।
कामहरू अलग गर्न ',' प्रयोग गर्नुहोस्। उदाहरण: Mason, Salesman, Security Guard

By clicking on 'Create Jobseeker Account' below you are agreeing to the terms and privacy of bideshijobs!


Already have an account! Sign In

By clicking on 'Create Recruiter Account' below you are agreeing to the terms and privacy of bideshijobs!


Already have an account! Sign In