त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागले कडाइ गर्न थालेसँगै अहिले भिजिट भिसामा जाने व्याक्तिहरु विमानस्थलबाट फर्किने क्रम बढ्न थालेको छ । केही समय अगाडिसम्म दैनिकजसो १२ देखि २० जनासम्म विभिन्न कारणबाट भिजिट भिसामा जानेहरु फर्किने गरेकोमा विगत केही दिनदेखि अध्यागमनले कागजपत्रको चेकजाच थालेसँगै ठूलो संख्यामा विमानस्थलबाट फर्किने गरेको स्रोतको दाबी छ ।
चार्डपर्वको समयमा एजेन्टको प्रलोभनमा परेर युवायुवती भिजिट भिसामा जाने र विदेश जानेहरु ठगिने र कतिपय विदेशमै लुकेर बस्ने गरेपछि अध्यागमन विभागले थप कडाइ गरेको अध्यागमन स्रोतको भनाइ छ । ट्राभल एडभाइजरीसँगै ६ बुँदे नयाँ नियम लागू गरेपछि नेपालबाट सरदर दैनिक २ सयदेखि ४ सयको संख्यामा त्रिभुवन विमानस्थलबाट बाहिरिने गरेका थिए ।
गृह मन्त्रालय मातहतको अध्यागमन विभागका अनुसार भिजिट भिसामा विदेश जानेहरुसँग कम्तीमा ६ महिनाको वैद्य अवधि भएको राहदानी (पासपोर्ट) हुनुपर्ने छ । साथै गन्तव्य देशको भिसा, दुईतर्फी टिकट, भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाणपत्र वा होटल बुकिङ नभइ आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र समेत बुझाउनुपर्ने छ ।
साथै भ्रमणको सम्पूर्ण खर्च व्यहोर्ने सरकारी तथा गैरसरकारी संस्थाको निमन्त्रणमा पत्र वा सो नभएमा कम्तीमा ५०० अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण (नगद वा डेबिट÷क्रेडिट कार्ड) पनि बुझाउनुपर्ने छ । यूएई, बहराइन, कुवेत, कतार, ओमान र साउदी अरबमा भिजिट भिसामा जानेहरुले कसैको करकाप वा प्रलोभनमा नपरी नितान्त भ्रमण प्रयोजनका लागि प्रस्थान गर्न लागेको स्वघोषणाको एउटा फारम पनि भरेर अध्यागमन कार्यालयमा बुझाउनुपर्ने प्रावधान भएपनि केही वैदेशिक रोजगार व्यावसायी, कन्सल्टेन्सी, ट्राभल एजेन्ली र एजेन्टहरुले विभिन्न बाहनामा कामदारलाई भिटिज भिसामा पठाउने गरेको पाइएको छ ।
अध्यागमन विभागका निर्देशक एवम् सूचना अधिकारी प्रेमप्रसाद दाहालले भिजिट भिसाको नाममा ठगी हुने, नक्कली कागजात बनाएर विदेश जाने र उतै लुक्ने क्रम बढेपछि नयाँ नियम लागू गरिएको जानकारी दिए । यसबाट भिजिट भिसाको नाममा हुँदै आएको विकृति रोकिने विभागको विश्वास छ ।
तर विमानस्थालबाट एजेन्टले ६ बुँदे कार्यादेशको खल्ली उठाउदै मनोमानी ढंगबाट कामदारलाई त्रिभुवन विमानस्थलबाट खाडी मुलुकमा पठाउने कार्य भएको कारणले सीआईबीले विशेष अपरेसन गरेको जनाइएको छ । गत हप्तादेखि मानव वेचविखन व्युरोबाट भिजिट भिसामा जाने महिलाहरुको शुक्ष्म निगरानी भैरहेको छ । यसमा सिआईबीको भूमिका महत्वपूर्ण रहेको जानकारहरु बताउँछन । नेपाल सरकार गृह मन्त्रालय स्तरको ६ बुद्धे कार्यविधिले उच्च रुपमा मानव वेचविखन देखिने भएकाले यो ६ बुद्धे कार्यविधिलाई संशोधन गर्नुपर्ने आवश्यक देखिन्छ । यो कार्यबिधि गत बर्ष २०८० माघ ६ गतेदेखि कार्यान्वयनमा आएको हो ।
यसअघि अध्यागमन ऐन २०४९, नियमावली र निर्देशिकामा भिजिट भिसा के हो भन्ने स्पष्ट छैन । त्यहाँ पर्यटक भिसाको कुरा मात्र छ । त्यसैले २०७८ सालमा सचिवस्तरीय निर्णयबाट भिजिट भिसा सम्बन्धी १७ बुँदे मापदण्ड जारी गरेर स्पष्ट पार्ने प्रयास गरिएको थियो । ‘१७ बुँदे लागू भएपछि झन् धेरै विकृतिहरु देखिन थाले,’ निर्देशक दाहालले भने, ‘नक्कली कागजात बनाएर विदेश जाने, ठगिने, विदेश गएर उतै लुक्ने, दुःख पाउने जस्ता काम विकृतिहरु देखिएपछि १७ बुँदेलाई खारेज गरेर अहिले ६ बुँदे नियम ल्याइएको थियो तर एजेन्टले सो बुद्धाको फाइदा उठाउँदै निरन्तररुपमा कामदारका लागि महिलाको तस्करी ब्यापकरुपमा भएको छ, जुन कार्यलाई अध्यागमनले निरुत्साहित गर्ने गरेको छ ।’
६ बुँदे नियमसँगै ट्राभल एडभाइजरी पनि जारी गरिएको छ । त्यसमा के–के गर्ने, के–के नगर्ने कुराहरु उल्लेख छन् । त्यो ट्राभल एडभाइजरी ७५३ वटै स्थानीय तहमा पठाइएको निर्देशक दाहालले बताए । गाउँघरमा जनचेतना फैलाउने काम होस् भन्ने उद्देश्यले सबै पालिकाहरुमा ट्राभल एडभाइजरी पठाइएको उनको भनाइ छ । अध्यागमनमा सिआईबीको निगरानी बढाएसँगै एजेन्टहरुले आफनो कार्य अनुकुल श्रम स्किृति विना, होटल बुकिङ, पासर्पोटको म्याद सकिएको र आफू कुन देश केका लागि जाने भन्ने विषयमा अनविज्ञ भएका महिला तथा पुरुषहरुलाई विमानस्थलबाट फकाइन थालिएको छ ।
विमानस्थलमा भएका विभिन्न संयन्त्रहरुले कडाइका साथ भिजिट भिसालाई थप अनुसन्धान गरिरहेको अध्यागमन स्रोतको दाबी छ । अध्यागमन विभागले विमान स्थलबाट बाहिर जाने र भित्रिने व्याक्तिहरुको कागजपत्रलाई अनुगमन निरन्तर गर्दै आएको कारण कहिले काही संख्यात्मक रुपमा भिजिट भिसामा जानेहरुलाई फकाईएको स्रोतको दाबी छ ।